सोनामाई खबर
महोत्तरी क्षेत्र न.ं २ का शरत सिंह भण्डारीको जिवनी
महोत्तरी,मनोज,
तराईका पूराना नेतामध्ये शरत सिंह भण्डारी पनि एक हुनुहुन्छ । उहाँको जन्म २०१२ सालमा महोत्तरीको औरहीमा भएको हो । पदम विद्या सदन ललितपुरबाट एसएलसी पास गरेका भन्डारीले अमृत साइन्स क्याम्पसबाट आइएस्सी र त्रिचन्द्र कलेजबाट बिएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको छ । २०३३ सालमा नेपाल विद्यार्थीमार्फत सक्रिय राजनीति सुरु गरेका भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिनुहुन्थ्यो । २०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी त्यसैबेला रक्षामन्त्री पनि हुनुभएको थियो । नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी अहिले राजपा अध्यक्ष मण्डलका सदस्य हुनुहुन्छ । मिती २०७४ मन्सिर २१ गते भएको प्रतिनिधि सभाको चुनावमा ३०७२२ मत ल्याई विजय भएको छ र त्यसैको पछाडी किरणकुमारी यादवको १३९३४ मत ल्याएको थिए ।
किरणकुमारी यादवका जिवनी यस प्रकार छ ।
किरणकुमारी यादवको जन्म २०२४ साल भदौ १२ गते जनकपुर, धनुषामा भएको हो । बुवा रामलगन र आमा सज्ञानदेवीबाट जन्मेकी किरणकुमारी नाताले राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुनुहुन्छ । उहाँले कन्या मावि जनकपुरबाट एसएलसी पास र पद्मकन्या क्याम्पसबाट स्नातक तह उर्णिण गर्नुभएको छ । स्नातक तह उत्तीर्ण गरेकी यादव २०४५ सालदेखि नेपाली कांग्रेसमा क्रियाशिल हुनुहुन्छ । नेपाली कांग्रेसको नेपाल महिला संघको वैकल्पिक केन्द्रीय सदस्य समेत भएकी यादव हाल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०६४ सालको संविधानसभा चुनावमा समानुपातिक तर्फको सूचिमा हुनुहुन्थ्यो भने २०७० सालको चुनावमा महोत्तरी –२, बाट विजयी हुनुभएको थियो ।
